‘१ क्विन्टल’ सुन तस्करी प्रकरणः थप ३ जना चिनियाँ नागरिक पक्राउ

न्युजलय ३० साउन २०८०, मङ्गलबार ०८:०१ मा प्रकाशित

काठमाडौं । १ क्विन्टल सुन तस्करी प्रकरणमा थप ३ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा २ जना पुरुष र १ जना महिला छन्। पक्राउ परेकाहरु चिनियाँ नागरिक रहेका बताइएको छ। उनीहरुको साथबाट नगद ३१ लाख नेपाली रुपैयाँ समेत बरामद भएको सीआईबी स्रोतले जानकारी दिएको छ। 

सीआईबी स्रोतले चिनियाँ नागरिकहरु गाउ हुइ, झोङ सेक चिन र ताङ पिङ (महिला) पक्राउ परेका जनाएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको अवस्थामा राजस्व अनुसन्धान विभागले साउन २ गते ‘१ क्विन्टल’ सुन बरामद गरेको थियो। 

मोटरसाइकल र स्कुटरको डिस्क ब्रेकको प्याडमा मोरेर ल्याइएको अवस्थामा सुन बरामद भएको थियो।