काठमाण्डौ । सरकारले नेपालमा पहिलोपटक १२ वर्षमाथिका बालबालिकालाई लगाउन मिल्ने फाइजर–बायोएनटेक खोप ल्याएको छ ।
शुक्रबार(आज) पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयले यो खोप नेपाल आइपुगेको जनाएको हो ।
कोभ्याक्स सुविधाअन्तर्गत आएको यो खोप पहिलो चरणमा १ लाख ६२० डोज मात्र नेपाल आइपुगेको हो । फाइजर–बायोएनटेक खोप ९५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।
यो खोप १२ देखि १७ वर्ष उमेर समूहका विशेषतः ८ प्रकारका दीर्घ रोगी बालबालिकालाई लक्षित गरेर लगाइने मन्त्रालयले जनाएको छ ।