भक्तपुर । भक्तपुरको विस्का जात्राका क्रममा २० जनाभन्दा बढी घाइते भएका छन् ।
भैरवनाथको रथ तान्ने क्रममा झैँ–झगडा हुँदा २० जनाभन्दा बढी घाइते भएका हुन् । आइतबार राती जात्राको क्रममा ढुङ्गा हानाहान भएको थियो ।
जात्राको क्रममा सयौँ युवाहरू डोरीको सहायताले जोडतोडका साथ तान्ने गर्दछ । यो क्रममा राति झगडा हुने गर्दछ । भक्तपुरको विस्का जात्रा वैशाख ५ गतेसम्म चल्नेछ ।