मेक्सिकोमा भ्यान दुर्घटना हुँदा १३ जनाको मृत्यु

न्युजलय १६ माघ २०७८, आइतबार ०२:१० मा प्रकाशित

काठमाण्डौ । मेक्सिकोमा भ्यान दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। को जालिस्को राज्यमा एउटा यात्रुवाहक भ्यान दुर्घटना भएको छ । शनिबार(हिजो) 

जालिस्को राज्यमा भएको दुर्घटनामा  दुई बालबालिकासहित १२ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए भने एक  जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको राज्यको नागरिक सुरक्षा विभागले जनाएको छ ।

दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।