भारतमा थप १५ हजार १०२ जनामा कोरोना संक्रमण

न्युजलय ११ फाल्गुण २०७८, बुधबार ०३:०४ मा प्रकाशित

 काठमाण्डौ । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा १५ हजार १०२ जना सङ्क्रमित भएका छन् । 

सोही अवधिमा कोरोनाकै कारणले २ सय ७८ जनाको मृत्यु भएको संघीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड २८ लाख ६७ हजार ३१ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।

पछिल्लो एक दिनमा ३१ हजार ३७७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कुल चार करोड २१ लाख ८९ हजार ८८७ जना सङ्क्रमणमुक्त भएका छन् । 

भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म पाँच लाख १२ हजार ६२२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ  ।