जापानमा दुर्घटनामा परी खोटाङका पुरीको मृत्यु

न्युजलय २ असोज २०८०, मङ्गलबार ०४:०९ मा प्रकाशित

काठमाडौँ । जापानमा सडक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० बिजुलेका रमेश पुरीको दुर्घटनामा मृत्यु भएको हो।

उनी एक वर्ष पहिले मात्रै अध्ययनका लागि जापान गएका थिए। उनको मंगलबार बिहान दुर्घटनामा परी मृत्यु भएको खबर आएको हलेसी तुवाचुङ नगरपालिका–१० का वडाध्यक्ष अर्जुनकुमार पुरीले जानकारी दिए। 

मृतक रमेश सोही वडाका पूर्व वडाध्यक्ष ज्ञानबहादुर पुरीका छोरा हुन्।