निर्वाचन सकिएको ४० दिन बित्दा समेत जनप्रतिनिधिले बुझाएनन् खर्च विवरण

न्युजलय ९ असार २०७९, बिहिबार ०२:२० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवारले गरेको खर्च विवरण पठाउन सबै निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ती जारी गर्दै सो निर्देशन दिएका हुन् ।


निर्वाचनमा उम्मेदवारले प्रचार प्रसारमा गरेको खर्च विवरण सम्बन्धित जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा तोकिएको ढाँचामा निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र बुझाउनुपर्ने ऐन नियममा व्यवस्था छ । निर्वाचन सम्पन्न भएको ४० दिन पूरा भएपनि अझै आयोगमा खर्चको विवरण प्राप्त नभएको प्रवक्ता पौडेलले बताए ।