इटहरी । झापा र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर र गाँजासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका–६ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको शिवसताक्षी नगरपालिका–८ का ३५ वर्षीय चन्द्रबहादुर खड्काको साथबाट २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
यस्तै, उदयपुरको त्रियुगा नगरपालिका–६ स्थितमा इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लिमचुङबुङ गाउँपालिका ५ का १९ वर्षीय रुपेश कार्की, १९ वर्षीय निर्पन खत्री र चन्दनप्रसाद घिमिरेलाई ४ सय ग्राम गाँजासहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।