काठमाडौ । काठमाडौंको नागार्जुन ६ का ५ जनाले सामूहिक विष सेवन गरेका छन्, जसमध्ये १ जनाको मृत्यु भएको छ भने बाँकीको उपचार भइरहेको छ ।
स्थानीय एक घरमा भाडामा बस्ने काठमाडौं–१५ डल्लुकी ६२ वर्षीया ईन्दिरामाया प्रधानको परिवारका सदस्यले विष सेवन गरेका हुन् । उनीहरुको उपचारको लागि तत्काल मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगी उपचार गर्ने क्रममा ३३ वर्षीय सुर्वणमान प्रधानको राती ज्यान गएको हो । उनी हाल उपचाररत् ६३ वर्षीया इन्द्रमाया प्रधानका भतिजा हुन्।अन्य गम्भीर अवस्थामा उपचाररत् ३८ वर्षीय भीममान प्रधान, उनकी श्रीमती ३३ वर्षीया मन्दिरा प्रधान र उनीहरूकी ११ वर्षीया छोरी सुब्रिना प्रधान छन्।