आमिर खानकी छोरीले गरिन नुपुर शिखरेसँग विवाह

न्युजलय १९ पुस २०८०, बिहिबार ०३:२९ मा प्रकाशित

एजेन्सी । आमिर खानकी छोरी आयरा खानको नुपुर शिखरेसँग विवाह भएको छ ।

उनीहरुले मुम्बईको एउटा कोर्टमा हिजो विवाह गरेका हुन् । कोर्टमा विवाह गरेपछि ताज एन्ड्समा भव्य प्रीतिभोज पनि आयोजना गरिएको थियो ।

जहाँ उनीहरुका नजिकका आफन्त तथा साथीभाईलाई मात्र निम्ता दिइएको थियो । त्यसपछि उक्त जोडी उदयपुरतिर लागेको छ ।