देशभर चट्याङसहित ‘भारी वर्षा’को पूर्वानुमान

न्युजलय १६ बैशाख २०८३, बुधबार ०६:१८ मा प्रकाशित

काठमाडौं । बुधबार देशभर चट्याङसहित मध्यमदेखि भारी वर्षाको पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । 

दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा अधिकांश बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल लाग्नेछ ।

कोसी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको सम्भावना छ । कोसी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । 

विभागले सुदूरपश्चिमदेखि कोसीका विभिन्न जिल्लामा तीव्र हावाहुरीको पूर्वानुमान गरेको छ ।