इन्जिनियरिङ पढ्ने शुल्क ३ लाखबाट ७ लाख पुर्‍याइँदै

न्युजलय ११ साउन २०८०, बिहिबार ०८:५२ मा प्रकाशित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले इन्जिनियरिङ विषयको शुल्क बढाउने प्रकृया अगाडि बढाएको छ । आईओईका डीन प्राडा शसिधर राम जोशीले शुल्क बढाउन लागिएको बताए ।

हाल आईओईले स्नातक तह अन्तर्गत इन्जिनियरिको शुल्क ३ लाख ३० हजार रुपैयाँ लिँदै आएको छ । अब बढाएर ७ लाख ७० हजार पुर्याउन लागिएको हो । 

यसका लागि आईओईले सुशिल ब्रर्जाचार्यको संयोकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले आईओई अन्तर्गतका ५ वटै आंगिक क्याम्पसमा अध्ययन गरेको थियो । सोही आधारमा शुल्क बढाउन लागिएको हो ।

यसअघि २०५३ सालमा उक्त शुल्क तोकिएको थियो । त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतका दरले शुल्क बढ्ने भन्ने थियो । तर, हालसम्म शुल्क बढ्न सकेको थिएन ।

यो विषयमा अहिलेसम्म निर्णय भने भइनसकेको बताइएको छ ।