अबको ५ वर्षमा २० लाखलाई रोजगारी दिने दिल्ली सरकारको घोषणा

न्युजलय १५ चैत २०७८, मङ्गलबार ०७:४१ मा प्रकाशित

काठमाडौं । भारतको दिल्ली प्रदेश सरकारले आगामी ५ वर्षमा २० लाखलाई रोजगारी दिने घोषणा गरेको छ । मंगलबार प्रदेशका उपमुख्यमन्त्री मनिष सिसोदियाले दिल्ली विधानसभामा बजेट भाषणका क्रममा आफ्नो सरकारले आगामी ५ वर्षमा २० लाखलाई रोजगारी दिने घोषणा गरेका हुन्।

  

राज्यका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले पनि रोजगारी दिने बताए। यो बजेट स्वतन्त्र भारतको इतिहासमा रोजगारी बजेट भएको उनले दाबी गरे।  


यससँगै केजरीवालले दिल्लीमा सडक बालबालिकाका लागि आवासीय विद्यालय निर्माण गर्ने योजना रहेको बताए। उनले भने,‘आम आदमी पार्टीको विचारधाराका तीनवटा स्तम्भ छन्। पहिलो स्तम्भ कट्टर देशभक्ति, दोस्रो स्तम्भ कट्टर इमानदारी र तेस्रो क्रिस्चियन धर्म हो। रातो बत्तीमा गाडी रोकिएपछि केटाकेटीहरू भीख मागिरहेका देखिन्छन्, उनीहरूका लागि १० करोड भारुको बोर्डिङ स्कुल बनाउँछौं।’