प्रमाणपत्र किर्ते प्रकरणः पक्राउ पर्ने डाक्टरको संख्या ८ पुग्यो

न्युजलय २६ साउन २०८०, शुक्रबार ०७:१५ मा प्रकाशित

काठमाडौँ । प्रमाणपत्र किर्ते प्रकरण अर्का एक डाक्टर पक्राउ परेका छन् । 

शुक्रबार अप्रेशन ‘फोक्सट्रोट चार्ली’ अन्तरगत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले डा.पुनम थापालाई पक्राउ गरेको हो ।

थापालाई काठमाडौँको गोठाटारस्थित निवासबाट पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ । प्रमाणपत्र किर्ते प्रकरणमा थापासहित पक्राउ पर्नेको संख्या ८ पुगेको छ ।   

यसअघि सांसद डा.सुनील शर्मासहित ७ जनालाई पक्राउ परिसकेका छन् ।