काठमाडौं । संघीय संसदको अधिवेशन सुरु हुनुअघि सोमबार (आज) सांसद तथा कर्मचारीहरुको कोरोना परीक्षण भइरहेको छ।
सोमबार १ बजेसम्म परीक्षण गरिएकामध्ये दुईजना कर्मचारीमा एन्टीजेन पोजेटिभ आएको बताइएको छ।
सांसद, कर्मचारी तथा सुरक्षाकर्मी गरी अहिलेसम्म भएको करिब ३०० जनाको परीक्षणमा २ जना कर्मचारीको कोभिड पोजेटिभ आएको जनाइएको छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट परिचालन भएको स्वास्थ्यकर्मीहरूको टोलीले आज एन्टीजेन विधिबाट कोभिड परीक्षण गरिरहेको छ ।
भोलिदेखि सुरु हुने संघीय संसदको बैठकलाई लक्षित गरी सरकारले आजबाट सांसद, संसद् सचिवालयका कर्मचारी, मर्यादापालक तथा अन्य सुरक्षाकर्मीहरूको कोरोना परीक्षण थालिएको हो।