गणतन्त्र दिवसको अवसरमा ८३४ कैदीको सजाय मिनाहा

न्युजलय १४ जेठ २०७९, शनिवार ०१:१३ मा प्रकाशित

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ कैदीको कैद सजाय माफी मिनाहा गरेकी छन् ।

 

गणतन्त्र दिवसका अवसरमा सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बु समेतका २७१ जना र नरबहादुर साँवा समेतका ५४७ तथा उमाकान्त पराजुली समेतका १६ जनालाई २०७९ जेठ १५ गतेदेखि कैद माफी मिनाहा गरिएको छ ।