दुबई जान लागेका ३९ जना महिला विमानस्थलबाटै फर्काइए

न्युजलय ८ भदौ २०७९, बुधबार ०९:४९ मा प्रकाशित

काठमाडौं । दुबई जान लागेका ३९ जना महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ।

बुधबार(आज) बिहान जजिरा एयरलाइन्समार्फत् कुवेत हुँदै दुबई जान लागेका उनीहरुलाई प्रहरी र अध्यागमनको टोलीले फर्काएको हो।

कागजातहरु संकास्पद देखिएपछि उनीहरुलाई फर्काइएको हो। भिजिट भिषामा खाडी पुर्‍याएर मानव तस्करी गर्न लागिएको देखिएपछि उनीहरुलाई रोकिएको प्रहरी स्रोतले जनाएको छ।