युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

न्युजलय २२ मङ्सिर २०८०, शुक्रबार ०१:३५ मा प्रकाशित

झापा। झापामा २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गाउँपालिका–४ का २२ वर्षीय जसवन्तकुमार गणेश रहेका छन् । उनलाई बिहीवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गणेशले ती महिलालाई बिर्तामोड नगरपालिका–५ शनिश्चरे रोडस्थित मूनलाइट होटलमा लगेर पटक–पटक बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो ।

सोही उजुरीका आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।