२०७८ साल माघ ६ गते बिहिबार

वरिष्ठ उपाध्यक्ष पदमा सुवास नेम्वाङले गरे दाबी

न्युजलय ७ मङ्सिर २०७८, मङ्गलबार १२:३३ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेको आसन्न महाधिवेशनमा सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । 

हाल स्थायी कमिटी सदस्य रहेका नेम्वाङले वरिष्ठ उपाध्यक्षमा दाबी गर्न अहिले आफू निकटका नेताहरुसँग परामर्श थालेको बताइएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म तलदेखि माथिसम्मै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए पछि पदका आकांक्षीहरू भने बढेका छन् । स्वयं ओलीलाई चुनौती दिन अध्यक्ष पदमा भीम रावलले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

यही बेला रावलपछि नेता नेम्वाङले पनि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यसअघि  वरिष्ठ उपाध्यक्ष पदमा एमाले महासचिव रहेका ईश्वर पोखरेलको दाबी छ ।