थपिए ६३८ जना कोरोना संक्रमित, दुईजनाको मृत्यु

न्युजलय १० साउन २०७९, मङ्गलबार ०९:३१ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६३८ जना कोरोना संक्रमित थपिएका छन् ।

५ हजार ५५ वटा नमूना परीक्षण गर्दा सो संक्रमण पुष्टी भएको हो ।

आज संक्रमणका कारण २ जनाको मृत्यु भएको छ, योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५९ पुगेको छ । 

त्यस्तै आज २१८ जना संक्रमणमुक्त भएका छन् ।