काठमाडौ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला पार्टीको चुनावमा उपसभापति पदमा पराजित भइन् । उनले निकै कम मत ल्याइन् । तर पनि आफूले विजयी महसुश गरेको उनले बताएकी छन् ।
उनले मतदातालाई धन्यवाद दिँदै आफूले उठाउँदै आएको लैङ्गिगलगायत सबै किसिमका असमानताविरुद्धको लडाई जारी रहने बताएकी छिन् । सामाजिक सञ्जालमा उनले अगाडि भनेकी छन्, ‘मैले यो महाधिवेशनबाट आफूलाई विजयी ठानेको छु । काँग्रेस पार्टी र राज्यको हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैले उठाएको मुद्दाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म स्थान पाएको छ ।’
उनले गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट सधै प्रेरित रहेको भन्दै पार्टीभित्र र सिंगो देशमा सहमति, सहकार्य र एकताको खाँचो रहेको उल्लेख गरेकी छन् । उनले सबैलाई एकढिक्का हुन अपिल पनि गरेकी छन् ।