काठमाण्डौ । यूएईको शारहजास्थित कुवेती अस्पतालमा एक नेपालीको मृत्यु भएको छ। गोरखा भिमसेनथापा गाँउपालिका–८ बोर्लाङ, कटेलचौरका २८ वर्षीया सीताराम गुरुङको उपचारका क्रममा मृत्यु भएको हो ।
दुई सातादेखि अस्पतालको ईमेर्जेन्सी वार्डमा राखेर उपचार भइरहेका गुरुङको गत बुधवार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
विगत साढे २ वर्षदेखि रोजगारीको शिलशिलामा यूएईको शारहजास्थित नेष्टो कम्पनीमा काम गर्दै आएका गुरुङ डिउटी जाने क्रममा आकस्मिक ढलेपछि शारहजाको कुवेती अस्पताल लगिएको थियो।
चिकित्सकका अनुसार उनको टाउकोमा रगत जमेको कारण उपचार कठिन भएको बताएका थिए। मृतकका श्रीमती सहित ५ वर्षीय छोरा काठमाडौंमा बस्दै आएका छन्।