सार्वजनिक सवारीमा जीपीएस जडान गरिने

न्युजलय ११ मङ्सिर २०७८, शनिवार ०४:१२ मा प्रकाशित

काठमाडौँ । सरकारले सार्वजनिक यातायातका साधनमा जीपीएस जडान गर्ने भएको छ। यातायात व्यबस्था विभागका अनुसार सार्वजनिक सवारी साधनहरूको गति तथा रूट लगायतका विषयमा अनुगमन गर्ने उद्देश्यले यस्तो गर्न लागिएको हो । 

पहिलो चरणमा पाइलट रूट्स काठमाडौं–जनकपुर, काठमाडौं–विरगंज र काठमाडौं–पोखरामा चल्ने १ सय वटा सार्वजनिक यात्रुवाहक सवारी साधनमा निःशुल्क जीपीएस डिभाइस जडान गरी सञ्चालनमा ल्याई अध्ययन गर्न लागिएको हो । सोको लागि इच्छुक सवारीधनीहरुर्लाइ विभागले आह्वान गरेको छ ।

विभागले पहिला आउनेलाई प्राथमिकताका आधारमा र पेश गरेको कागतपत्रहरुको आधारमा निःशुल्क जीपीएस उपकरणहरु जडान गरिदिनेछ। यसअघि नै भारतबाट सामान ढुवानी गर्ने ठूला ट्रक तथा सवारी साधनहरुमा जीपीएस सिस्टम जडान गरिएको छ ।