काठमाडौँ । २०७६ माघ ७ मा घुम्न आएका ८ जना भारतीय नागरिक मकवानपुर स्थित रिसोर्टमा बेहोस भेटिए । उपचारको क्रममा उनीहरुको मृत्यु भयो ।
जाडोमा चिसो छल्न प्रयोग गरिने हिटर, माकल र गिजरले वर्षेनी ज्यान जानेको संख्या बढ्न थालेको छ । माकल, हिटर बालेर सुत्दा र ग्याँस गिजरमा नुहाउँदा निस्सासिएर र करेन्ट लागेर ज्यान गुमाउने घटना बढेको हो ।
माकल बालेर सुत्दा निस्कने धुवाँबाट कार्वनमोनोअक्साइड ग्याँस निस्कन्छ । जुन निकै हानीकारक हुने बताइन्छ । कार्वनमोनोअक्साइडले तीव्र रुपमा शरीरको अक्सिजन लिन्छ र मानिस बेहोस मएर मृत्युको मुखमा पुग्छ ।
यस्तै बाथरुममा ग्याँस गिजरमार्फत पानी तताएर नुहाउँदा पनि धेरैको मृत्यु हुने गरेको छ । ग्याँस गिजर चलाउँदा ग्याँस लिक भएमा मृत्यु हुने सम्भावना हुन्छ । उक्त ग्याँसबाट पनि कार्बन मोनोअक्साइड निस्किन्छ । त्यसो त ग्याँस गिजर पड्कीएर मृत्यु भएको घटना पनि छन् ।