एकै महिना थपिए झन्डै १५ हजार डेंगी संक्रमित थपिए

न्युजलय १८ भदौ २०८०, सोमबार ०६:२३ मा प्रकाशित

काठमाडौं । पछिल्लो एक महिनामा नेपालमा झन्डै १५ हजार डेंगी संक्रमित थपिएका छन् । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकानुसार गएको अगस्टमा १४ हजार ७८४ जना संक्रमित भएका हुन् ।

योसँगै सन् २०२३ मा डेंगी संक्रमितको संख्या २२ हजार ६२७ पुगेको छ । जुलाईयता डेंगीका कारण १४ जनाको मृत्यु पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

कर्णालीबाहेक सबै प्रदेशमा संक्रमितको संख्या ३०० भन्दा माथि छ । सबैभन्दा धेरै कोसी प्रदेशमा १७ हजार ८८ जना संक्रमित भएका छन् । वाग्मती प्रदेशमा तीन हजार २४९ संक्रमित भएका छन् ।