गोरखामा मिनिट्रक दुर्घटना, दुई जनाको मृत्यु

न्युजलय १६ पुस २०७८, शुक्रबार ०७:०७ मा प्रकाशित

गोरखा । गोरखामा मिनिट्रक दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। 

गोरखाको आरुघाटबाट माछाखोला जाँदै गरेको बा ५ ख ६५६६ नं मिनिट्रक शुक्रबार(आज) मध्यान्ह बुढीगण्डकीमा खस्दा दुई जनाको मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ ।

मृतकको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरी अनुसार मिनिट्रकमा ६ जना सवार थिए।