काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्य लिटरमा १० रुपैयाँको दरले घटेसंगै सार्वजनिक यातायातको सवारी भाडा पनि घटेको छ ।
यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य समायोजनसँगै गाडी भाडा शुक्रबार समायोजन गरेको हो । विभागले यात्रुवाहक सवारी साधनमा २ प्रतिशत भाडा, मालवाहक सवारी पहाडमा चल्नेमा २ प्रतिशत र तराईमा चल्नेमा २.६ प्रतिशत भाडा घटाएको हो ।
सरकारले गत बिहीबार पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर हटाएसँगै विभागले सार्वजनिक यातायातको सवारी भाडा समायोजन गरेको जनाएको छ ।