प्रदेश १ को नामको बारेमा छलफल गर्न सर्वदलीय बैठक सुरु

न्युजलय ६ साउन २०७९, शुक्रबार ०८:५४ मा प्रकाशित

 विराटनगर । प्रदेश १ को नामको बारेमा सर्वदलीय बैठक सुरु भएको छ । 

बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका संसदीय दलका नेता सहभागी छन् ।

बैठकमा सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, मुख्यमन्त्री राजेन्द्रकुमार राई सहित मन्त्रीहरू पनि सहभागी छन् ।

बैठकले चालू अधिवेशनमा प्रदेश सभामा नाम लग्ने या नलग्ने भन्ने निर्णय गर्न सक्ने बताइएको छ ।