धरान । बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा जारी आन्दोलन टुंगिएको छ । आन्दोलनरत शिक्षक डाक्टर र पदाधिकारीहरुले सहमती गरेसँगै आन्दोलन टुंगिएको हो ।
आन्दोलनका कारण प्रतिष्ठानको ओपिडीसमेत प्रभावित बनेको थियो ।
चार बुँदे सहमतिमा कर्मचारीको प्रस्तावित नियमावली, २०७९ को मस्यौदामा सुझाव लिइ प्रतिष्ठान कार्यकारिणी समितिको सिफारिससहित संचालक परिषदमा स्वीकृतिका लागि पेश गर्ने तथा कर्मचारीहरुको आन्तरिक स्थायी बढुवाका लागि बाँकी कर्मचारीको अन्तर्वार्ता २०८० पुस महिनाभित्र गर्ने सहमति भएको छ । त्यसको एक महिनाभित्र नतिजा प्रकाशन गर्नेसमेत सहमतिमा समेटिएको छ ।
करार सेवाको कर्मचारीहरुको अन्तर्वार्ता मिति २०८० मङ्सिर १ देखि सुरु गरी मंसिर महिना भित्रै सम्पन्न गर्ने सहमति भएको छ ।