७० वर्ष उमेर पुगेपछि चिकित्सा शास्त्र पढाउन नपाउने

न्युजलय २ भदौ २०७९, बिहिबार १०:१९ मा प्रकाशित

काठमाण्डौ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा पढाउने शिक्षकको मापदण्ड तोकेको छ । 

चिकित्सा शास्त्रको स्नातक तह र स्नातकोत्तर तहमा अध्यापन गर्ने शिक्षकको उमेर, योग्यता र पद लगायतका विषयमा एकरूपताका लागि चिकित्सा शिक्षा आयोगले मापदण्ड तय गरेको हो । 

सबै विधाका शिक्षको उमेर ७० वर्ष भन्दा बढी हुन नपाउने भएको छ । यसअघि यस अगाडी नेपाल मेडिकल काउन्सिलले तोकेको शिक्षकको उमेर हद डेन्टल र बेसिक साइन्स विषयका लागि ७५ वर्ष र क्लिनिकल विषयका लागि ७३ वर्ष तोकेको थियो । 

आयोगले समेत सोही मापदण्डलाई मान्दै आएको थियो । अब ‘उच्च शिक्षा तहका शिक्षकको न्यूनतम योग्यतासम्बन्धी मापदण्ड, २०७९ स्वीकृति भएसँगै नयाँ मापदण्ड तय भएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।