थपिए १२१ जना कोरोना संक्रमित

न्युजलय २६ असार २०७९, आइतबार १०:३२ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षण गर्दा १ सय २१ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो।

उक्त अवधिमा ३१ जना सङ्क्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ६७८  पुगेको छ।