काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई फेरि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपालमा तेस्रो लहर तीव्र गतिमा फैलिरहेका बेला बुधबार(आज) ललितपुरको मेडिसिटी अस्पतालमा पीफसीआर परीक्षण गराउँदा आफूलाई कोरोना पोजेटिभ भएको शर्माले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
आठ महिनाअघि दोस्रो लहरका क्रममा पनि शर्मा संक्रमित भएका थिए।