रामकुमारी झाँक्रीले दिइन् मन्त्री पदबाट राजीनामा

न्युजलय १३ असार २०७९, सोमबार ०१:२१ मा प्रकाशित

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएकी हुन् ।

 

नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उनले राजीनामा दिएकी हुन् । उनीसँगै आजै एकीकृत समाजवादीका अर्का मन्त्री प्रेम आलेले पनि राजीनामा दिएका छन् ।