काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । प्राधिकरणसँग सम्वन्धित् नयाँ भ्रष्टाचार र कर छलीका प्रकरणहरु आइरहेको बेला उनले मंगलबार(आज) बिहान एक्कासि राजीनामा दिएका हुन् ।
अध्यक्ष खनालले सुचना तथा सञ्चारमन्त्री रेखा शर्मालाई राजीनामापत्र बुझाएका छन् । अहिले एनसेलको शेयर खरीद बिक्री प्रकरण र टेरामक्स खरीद प्रकरण निकै चर्चामा छ ।
ती प्रकरणलाई लिएर संसदीय समितिहरुले तारन्तार मन्त्री शर्मादेखि अध्यक्ष खनालमाथि बोलाएर सोधपुछ गर्दै आएका छन् ।