इटहरी । भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीमा कार्यरत दुई जना कर्मचारी पक्राउ परेका छन् ।
जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग घुस माग गरेको उजुरी निवेदनका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई शुक्रबार (आज) पक्राउ गरेको हो ।
उनीहरुलाई १ लाख ५० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा इनरुवा नगरपालिका वडा नम्बर ३ स्थित मालपोत चोकबाट नियन्त्रणमा लिइएको प्रवक्ता भोला दाहालले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।