राष्ट्रपतिले गरिन् अष्ट्रिया र इजिप्टकालागि राजदूत नियुक्त

न्युजलय २७ असार २०७९, सोमबार १०:०० मा प्रकाशित

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र अष्ट्रिया र इजिप्टका लागि नेपाली राजदूत नियुक्त गरेकी छन्।

सोमबार(आज) राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र अष्ट्रिया र इजिप्टका लागि नेपाली राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा सोमबार गणतन्त्र अष्ट्रियाका लागि आवासीय राजदूत भरतकुमार रेग्मीलाई इजिप्टका लागि सुशीलकुमार लम्साललाई आवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन्।