झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले झापामा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गरेका छन् ।
विर्तामोड १ स्थित इकम कलेजका साथै कलेज परिसरमा निर्मित सालिक शनिबार दिउँसो अनावरण गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संयोजनमा भएको कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन पनि सहभागी बनेका थिए ।
पुर्वराजाको स्वागतमा राप्रपाका नेता तथा कार्यकर्ता र राजावादी समर्थकहरू सहभागी भएका थिए । र्यालीमा ‘राजा आउँ देश बचाउ’, ‘गणतन्त्र चाहिँदैन’ गणतन्त्र मुर्दावाद, ‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ लगायतका नारा घन्किएको थियो ।
पूर्व राजा शाह करिब एक किलोमिटर सडकमा हिँडेर सर्वसाधारणसँग भेटघाट गरेका थिए ।
उनी करिब एक घण्टासम्म कार्यक्रम स्थलमा बसे पनि सम्बोधन नगरी फर्किएका थिए।