काठमाडौं । नेकपा राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नयाँ पार्टी दर्ता गर्ने भएका छन्।
तत्कालिन नेकपा एमाले उपाध्यक्षबाट राजीनामा दिएर राष्ट्रिय अभियान सुरु गरेका थिए। त्यहीँ राष्ट्रिय अभियानलाई दलको स्वरुप दिन निर्वाचन आयोगमा दर्ता गर्ने गौतमको सचिवालयले जनाएको छ।
तत्कालिन नेकपामा विवाद भएपछि गौतमले पार्टी एकता जोगाउँने भन्दै एकता राष्ट्रिय अभियान सुरु गरेका थिए।
गौतमसँग तत्कालिन एमाले केन्द्रीय सदस्य हरिप्रसाद पराजुली मात्रै छन्। अरु एमालेका प्रदेश र जिल्लातहमा काम गरेका कार्यकर्ता मात्रै छन्। गौतम यसअघि निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।