काठमाडौं । चीनमा कोरोना संक्रमणको नयाँ लहर सुरु भएको छ।
दैनिक दोब्बरभन्दा बढी संक्रमित भेटिन थालेका छन्। चीनमा मंगलबार ५ हजार २८० नयाँ कोरोना संक्रमित भेटिएका छन्, जुन कोरोना महामारीका दिनयताकै सबैभन्दा तीव्र संक्रमण मानिएको छ।
यो संख्या चीनमा दुई वर्ष यताकै सबैभन्दा धेरै भएको नेसनल हेल्थ कमिसनले जनाएको छ।
विश्व स्वास्थ्य संगठनले डेल्टा र ओमिक्रोन भेरियन्ट मिलेर विकसित भएको नयाँ भेरियन्टले चौथो लहर ल्याउन सक्ने चेतावनी पनि यसबीच दिइरहेको छ।
नयाँ कोरोना लहरका कारण चीनका १० सहरमा लकडाउन लगाइएको छ।