२०७८ साल मङ्सिर १३ गते सोमबार

३५१ जनामा कोरोना संक्रमण पुष्टि, ९ को मृत्यु

न्युजलय ७ मङ्सिर २०७८, मङ्गलबार ०४:२६ मा प्रकाशित

काठमाण्डौ । पछिल्लो २४ घण्टामा ३५१ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १७४ जनाको नमुना परीक्षण गर्दा ३५१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २७३ जना निको भएका छन् । 

ससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १९ हजार ६९९ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७० जना पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।