सुनको मूल्य स्थिर

न्युजलय २८ फाल्गुण २०८०, सोमबार ११:३३ मा प्रकाशित

काठमाडौँ । सोमबार(आज) सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख २६ हजार रुपैयाँमा कारोबार हुँदा तेजावी सुन तोलामा १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदीको पनि आइतबारकै मूल्य अर्थात १ हजार ४७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।