काठमाडौं । शुक्रबार(आज) थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ९०३ नमूना परीक्षण गर्दा थप १४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पीसीआर विधिबाट परीक्षण भएका ३ हजार ३० नमूनामा १४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
मन्त्रालयका अनुसार सोही समयमा थप ५५ जना कोरोनामुक्त भएका छन्। हाल कोरोना सक्रिय संक्रमितको संख्या ४३८ रहेको छ।