धरान । धरानमा बस दुर्घटना हुँदा कम्तिमा १५ जना घाइते भएका छन् । सुदुरपश्चिमको नवलपरासी जिल्लामा पर्ने कावासोतीस्थित जनकल्याण माविमा अध्ययनरत विद्यार्थीहरु लिएर भ्रमणमा आएको बस दुर्घटनामा परेको हो ।
धनकुटाबाट फर्कँदै गरेको सु.प. २००१ख ११०८ नं. को उक्त बसको ब्रेक फेला भएर स्यांग्जाको ग २ ख १५८३ नम्बरको बस र म्याग्दीको अर्को बसलाई ठक्कर दिएको थियो । सो क्रममा सो क्रममा कम्तिमा १५ जना घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
प्रहरीले तीन जना चालकहरू नियन्त्रणमा लिएको छ ।
घाइतेहरु
ग २ ख १५८३ मा सवारः-
१) जि. म्याग्दी मंगला गा.पा. ५ बस्ने वर्ष १५ को गौरव रोक्का टाउकोमा चोट अवस्था सामन्य ।
२) ऐ.ऐ. बस्ने बर्ष ३६ की सुकुमाया छन्तेल दाहिने हातमा चोट अवस्था सामान्य।
३) ऐ.ऐ. बस्ने बर्ष १६ की ममता तुलाचन निधार र टाउकोमा चोट अवस्था सामान्य ।
४) ऐ.ऐ. बस्ने बर्ष १५ की छिनिता जारन्जा दाहिने हात र शरिरमा चोट अवस्था सामान्य ।
५) ऐ.ऐ. बस्ने बर्ष १६ की एन्जिला खत्री नाँकमा चोट अवस्था सामान्य।
६) ऐ.ऐ. बस्ने बर्ष १६ को रोशन किशन टाउकोमा चोट अवस्था सामान्य।
७) ऐ.ऐ. १ बस्ने बर्ष १५ को दिपक किशन टाउकोमा चोट सामान्य।
८) ऐ.ऐ. बस्ने बर्ष १७ को रिदिप पुन दाहिने हातको औंलामा चोट अवस्था सामान्य।
९) ऐ.ऐ. २ बस्ने बर्ष १७ को समिर बुढाथोकी दाहिने हातमा चोट अवस्था सामान्य.
१०) ऐ.ऐ. बस्ने बर्ष १५ की सिञ्जल केसी वाँया कुममा चोट अवस्था सामान्य।
११) ऐ.ऐ. बस्ने बर्ष १५ की सहाना चौधरी ढाडमा चोट अवस्था सामान्य।
ग २ ख १५१३ मा सवारः-
१) जिल्ला स्याङ्जा वालिङ न.पा. ६ बस्ने बर्ष १५ को आविष्कार रेग्मी वाँया कानमा चोट अवस्था सामान्य ।
२) ऐ.ऐ. बस्ने बर्ष १५ को मनिष थापा दाहिने आँखामा चोट अवस्था सामान्य।
३) ऐ.ऐ. बस्ने बर्ष १५ को मुना पाण्डे ओंठमा चोट सामान्य।
४) ऐ.ऐ. बस्ने बर्ष १६ को सौगात आले टाउकोमा चोट अवस्था सामान्य।
५) ऐ.ऐ. १३ बस्ने बर्ष ३८ को जगन्नाथ पाठक नाँक र टाउकोमा चोट अवस्था सामान्य।
सु.प.प्र.०२-००१ ख ११०८ मा सवारः-
१) जि. सुस्ता पूर्व नवलपुर हुक्सीकोट गापा ४ बस्ने बर्ष १६ को तुल ब. राना दाहिन कुम र दाहिने खुट्टामा चोट अवस्था सामान्य।
२) ऐ.ऐ. बस्ने बर्ष १४ को एलेक्स थापा ढाडमा चोट अवस्था सामान्य।
३) ऐ.ऐ. ४ बस्ने बर्ष २४ की जयन्ती भूजेल दाहिने खुट्टामा चोट अवस्था सामान्य।
४) ऐ.ऐ. १ बस्ने बर्ष सुनिता कुमारी न्यौपानेकी छोरा बर्ष ३ को सुयोग अधिकारी निधार र टाउकोमा चोट अवस्था सामान्य।
५) ऐ. कावासोती न.पा. १ बस्ने बर्ष ४० की सिता भुताल निधारमा चोट अवस्था सामान्य।