पर्शुराम खापुङः ‘जातीय र धार्मिक सद्भाव कायम गर्न पत्रकार लाग्नुस्’

न्युजलय २९ भदौ २०८०, शुक्रबार ०१:३८ मा प्रकाशित

विराटनगर । कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले पत्रकारले देशमा साम्प्रदायिक र धार्मिक सद्भाव कायम गर्न लाग्नु पर्ने बताएका छन् ।

कोषराज रेग्मी स्मृति राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले धार्मिक र साम्प्रदायिक सद्भाव कायम गर्न सके मात्रै देश अगाडि बढ्ने बताएका हुन् ।

अहिले अरू पनि धेरै विषय होलान् त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा जातीय र धार्मिक द्वन्द्व हुनबाट रोक्नु हो । खापुङले पत्रकारले चाहे देशमा धार्मिक र साम्प्रदायिक द्वन्द्व रोकिने बताए । उनले भने यसो गर्न सकिए देशको विकास हुन्छ ।  सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु पर्ने प्रमुख खापुङले बताए ।

 कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार धर्मेन्द्र झा पुरस्कृत भएका छन् । उनलाई कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पुरस्कार तथा सम्मान पत्र प्रदान गरे ।

श्री पीताम्बर खिलेस्वरी स्मृति प्रतिष्ठानले स्थापना गरेको पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । झा नेपाल पत्रकार महासङका पूर्व अध्यक्ष हुन ।