सातै प्रदेशमा मेडिकल कलेज खोल्दै सरकार

न्युजलय २५ चैत २०७८, शुक्रबार १२:४४ मा प्रकाशित

काठमाडौं । सरकारले सातैवटा प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार सातवटै प्रदेशहरूमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव मन्त्रिपरिषद्सम्म पुगेको छ । मेडिकल शिक्षा अध्ययनका लागि खर्बौं रकम बाहिरिएको भन्दै सबै प्रदेशमा मेडिकल कलेज बनाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रालयले जापान, अस्ट्रेलिया, बंगलादेश, चीन र भारतमा मेडिकल शिक्षा पढ्न जाने विद्यार्थीहरूले वार्षिक रूपमा करिब १ खर्ब ९७ अर्ब खर्च गर्ने गरेको जनाएको छ । शिक्षा मन्त्रालयले निजी क्षेत्रका मेडिकल कलेजलाई पनि सँगसँगै लिएर जानेसमेत जनाएको छ ।