मोरङ क्षेत्र नम्बर ५ बाट उपेन्द्र यादवको नाम सिफारिस

न्युजलय १७ भदौ २०७९, शुक्रबार ०७:०३ मा प्रकाशित

विराटनगर । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार  सिफारिस भएका छन् ।

जसपाले केन्द्रीय अध्यक्ष यादव र जिल्ला अध्यक्ष राजकुमार यादवको नाम प्रत्यक्ष तर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

मधेश आन्दोलनबाट राष्ट्रिय राजनीतिमा उदायका यादव २०६४ सालको पहिलो संविधानसभा  निर्वाचनमा मोरङ  ५ बाट विजयी भएका थिए ।  

मोरङ ५ आउने चर्चा भएपनि उपेन्द्र यादव सप्तरीबाटै चुनाव लड्ने विषयमा स्पष्ट रहेको उनका छोरा तथा जसपा विराटनगर महानगर समिति अध्यक्ष अमरेन्द्र यादवले बताए ।