काठमाडौ । एमाले सांसद बृजेशकुमार गुप्ताले भारतबाट निर्बाध रुपमा मल ल्याउन दिन सरकारसँग आग्रह गरेका छन् । नेपालमा रासायनिक मलको हाहाकार भएको बताउँदै किसानहरु मलकै कारण समस्यामा परेको भन्दै भारतबाट ल्याउने मल समातेर दुःख नदिन निर्देशन दिन सरकारसँग आग्रह गरे । बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गुप्ताले नेपाललाई कृषि प्रधान देश भनेपनि किसानहरुले मल नपाएको र पानी नपरेका कारण किसान आत्महत्या गर्ने स्थिति रहेको बताए ।
उनले तराईलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर राहत दिन माग गरे ।