२०७९ भाद्र २४ गते शुक्रबारको राशिफल

न्युजलय २४ भदौ २०७९, शुक्रबार ०७:०४ मा प्रकाशित

मेष । चलाखीपूर्ण बोलीले कार्य सफल हुन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । आर्थिक लाभ पनि रहनेछ ।

 

वृष । नयाँ कार्यको योजना बन्ने र धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ, तर पारिवारिक सुखका लागि धन खर्च हुनसक्छ ।

 

मिथुन । आज समग्रमा आजको समय मध्यम खालको रहेको छ । आफ्नै कार्यबाट मन सन्तुष्ट नहुनसक्छ, नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ ।

 

कर्कट । आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ, तर उपहार प्राप्त हुनसक्छ ।

 

सिंह । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

 

कन्या । आज लाभदायक र खुसीको यात्रा हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

 

तुला । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो स्वास्थ्य राम्रो रहनेछ भने खुसीका निम्ति केही खर्च हुनसक्छ ।

 

वृश्चिक । आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । आफन्त एवं इष्टमित्रसँग लामो समयपछि भेटघाट होला । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ ।

 

धनु । आज व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । चिन्ता हटेर मन हलुका हुनेछ । मनोरञ्जनमा सहभागिता पनि भइएला ।

 

मकर । आज मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

 

कुम्भ । आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । समस्या सुल्झाउन सकिनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

 

मीन । आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । व्यक्तिगत खुसीका लागि केही धन खर्च भने अवश्य हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।