सबैभन्दा धेरै मतदाता मोरङ र सबैभन्दा थोरै मनाङमा

न्युजलय ३१ भदौ २०७९, शुक्रबार १०:१३ मा प्रकाशित

काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७९ लाख ८ हजार ५७० मतादाताले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आज मतदाताको अन्तिम टुंगो लगाएको हो ।

सबैभन्दा धेरै मतदाता मोरङमा छन् । आयोगका अनुसार मोरङमा सात लाख ३५ हजार ५२५ मतदाता छन् । दोस्रो धेरै मतदाता रहेको जिल्ला झापामा ६ लाख ६३ हजार ३११ र तेस्रो धेरै मतदाता रहेको काठमाडौंमा ६ लाख ५२ हजार १२६ मतदाता रहेका छन् । 

आयोगका अनुसार सबैभन्दा थोरै मतदाता मनाङमा छन् । जहाँ पाँच हजार ७७९ मतदाता रहेका छन् । त्यस्तै, दोस्रो थोरै मतदाता हुने मुस्ताङमा १० हजार ९५७ र डोल्पामा २२ हजार ७७४ मतदाता छन् ।