राप्रपाका नेताहरु एमालेमा प्रवेश

न्युजलय २५ पुस २०७८, आइतबार ०१:०३ मा प्रकाशित

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निष्काशन गरेका राप्रपा काभ्रेका अध्यक्ष टुल्कु लामालगायत नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार राप्रकाका जिल्ला अध्यक्ष टुल्कु लामा र पदाधिकारीलगायत जिल्ला नेतृत्व तथा अन्य पार्टी परित्याग गर्नेलाई एमालेमा प्रवेश गराएका हुन् । 


एमाले काभ्रेलाञ्चोकको १०औँ जिल्ला अधिवेशनलाई धुलिखेलमा सम्बोधन गर्न पुगेका ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् । 


पार्टी हितविपरीतको गतिविधि गरेको भन्दै लिङ्देनले केही दिनअघि लामासहित उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा र सचिव धनजित लामालाई कारबाहीको घोषणा गरेका थिए ।